आज विश्व रक्तदाता दिवस मनाइँदै

फाईल तस्बिर

नेपालगञ्ज । आज विश्व रक्तदाता दिवस । यस वर्ष सेवाले रक्तदान गरौँ र संसारलाई चलायमान बनाऔँ भन्ने नाराका साथ मनाइँदैछ । हरेक वर्ष जुन १४ तारिखमा विश्वभरि रक्तदाता दिवस मनाइन्छ ।

सन् २००४ देखि सुरु भएको दिवसमा स्वच्छ रगतको उपलब्धता, स्वयंसेवी रक्तदाताहरूको महत्त्व र रगतजन्य अन्य जीवन रक्षा गर्ने तत्वहरूबारे सचेतना फैलाइन्छ ।

दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटीले तीन हजारभन्दा धेरै रक्तदाताहरुलाई धन्यवाद मोबाइल सन्देश पठाएको जनाएको छ ।

दिवसको पूर्वसन्ध्यामा आइतबार भएको भर्चुअल अन्तर्क्रियामा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर नेत्र तिम्सिनाले कोरोना महामारीमा पनि रक्तदाताहरुले अर्काको जीवन जोगाउन रक्तदान गरिरहनुभएकोमा सम्मान व्यक्त गर्नुभयो ।

कार्यक्रममा एक सय ५२ पटक रक्तदान गर्नुभएकी नीता घिरइया ३५ वर्षदेखि विभिन्न महादेशमा गइ रक्तदान गरी रक्तदान गर्दै आउनुभएका अभियन्ता अर्जुन मैनालीले रक्तदाता उत्प्रेरणा बढाउनुपर्ने, रक्तदानको महत्त्व माध्यमिक विद्यालयको पाठ्यपुस्तकमा समेटिनुपर्ने, आम युवा समक्ष रक्तदान शिक्षा लिएर पुग्नुपर्ने तथा तथ्याङ्कहरुको व्यवस्थापन गर्नुपर्ने सुझाव दिनुभयो ।

Previous articleब्राउनसुगरसहित दुई जना पक्राउ
Next articleनेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here