
कञ्चनपुर । प्रहरीले कञ्चनपुरबाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका-८ का ३० वर्षीय हरिकृष्ण राना र भीमदत्त नगरपालिका-४ सुन्दरा टोलस्थित बाह्रसिंगा होटल एण्ड लजका सञ्चालक भुवन साहू रहेका छन् ।
पैदल हिँड्दै गरेका रानालाई १३.०३ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताउनुभयो । रानालाई लागुऔषध नियन्त्रण ऐनअनुसार हिरासतमा राखेर अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।
यसैगरी, कञ्चनपुर भीमदत्त नगरपालिका-४ सुन्दरा टोलस्थित बाह्रसिंगा होटल एण्ड लजमा लागुऔषधको कारोबार गरिरहेका लज सञ्चालक भुवन साहूलाई पक्राउ गरिएको छ ।
उनको साथबाट १.४२ ग्राम ब्राउनसुगर बरामद भएको एसपी चतुर्वेदीले बताउनुभयो ।





