बाँकेमा जारी निषेधाज्ञा ७ दिन थप

नेपालगञ्ज । बाँकेमा जारी निषेधाज्ञा थप सात दिन बढाईएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै संक्रमणको जोखिम अझै कायम रहेको भन्दै यसको रोकथाम र नियन्त्रणका लागि आगामी असार ७ गतेसम्म जिल्ला जारी निषेधाज्ञा बढाएको हो ।

प्रशासनले यसपटक भने दैनिक उपभोग्य लगायतका पसल व्यवसायहरु बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म खोल्न पाईने जनाएको छ । त्यस्तै रेष्टुरेन्टबाट हुने प्याकिङ्ग तथा टेक अवे सेवा सञ्चालन गर्न पाइने छ । प्रशासनका अनुसार विवाह, ब्रतबन्ध, मृत्युु संस्कार लगायतका सामाजिक कार्यहरू बढीमा पन्ध्र जना मात्र सहभागी भई गर्न पाईने छ ।

संक्रमण नियन्त्रणका लागि बाँके प्रशासनले जिल्लामा वैशाख १३ गतेदेखि निषेधाज्ञा जारी गर्दै आएको छ । अहिले संक्रमण दर सङ्गै मृत्यु दरमा समेत दैनिक कमी आउन थालेपछि जारी निषेधाज्ञा केही खुकुलो बनाएको हो ।

Previous articleनेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता
Next articleजनमत साप्ताहिकको रक्तदान, १० महिलासहित ५३ जना सहभागि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here