जनमत साप्ताहिकको रक्तदान, १० महिलासहित ५३ जना सहभागि

नेपालगन्ज । जनमत अद्र्ध साप्ताहिकले एस.ओ.एस.युवालय नेपालगन्जको सहकार्यमा विश्व रक्तदाता दिवस–२०२१ तथा ३५ औं अन्तर्राष्ट्रिय एसओएस दिवस र संस्थाका संस्थापक डा.हर्मन माइनरको १०२ औं जन्मजयन्तिको अवसरमा आयोजना गरेको जनमत त्रैमासिक रक्तदान कार्यक्रममा १० जना महिला सहित ५३ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा पत्रकार, समाजसेवी, व्यवसायी, शिक्षक, कर्मचारी लगायतले रक्तदान गर्नु भएको हो । नेपाल पत्रकार महासंघ, बाँके अध्यक्ष दामोदर भण्डारीले प्राविधिक होमराज गिरिलाई रक्त संकलन गर्ने पाकेट हस्तारण गरी कार्यक्रम शुरु गरिएको हो ।

जनमतको रजत वर्ष–२०६३ देखि ‘रक्तदान जीवनदान’ को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित ‘त्रैमासिक रक्तदान कार्यक्रम’ को ४९ औं श्रृङ्खलासम्म करीब २ हजार ८ सय भन्दा बढी संख्यामा स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेको जानकारी जनमत सम्पादक पूर्णलाल चुकेले जानकारी दिनुभयो ।

कार्यक्रम संयोजक पत्रकार पवन जायसवालका अनुसार सो कार्यक्रममा रक्तदान दिनेहरुमा नियमित रक्तदाता नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य झलक गैरे, महासंघका केन्द्रीय पार्षद् तथा अन्नपूर्ण दैनिकका व्यरो प्रमुख शंकर प्रसाद खनाल, शम्भू थारु हुनुहुन्छ ।

त्यसैगरि नियमित रक्तदाता नीरजमान श्रेष्ठ, लक्ष्मण कुमार वैश्य, पवन कुमार वैश्य, भगवान शरण यादव, होमराज गिरी, विनोद कुमार वैश्य लगायतले रक्तदान गर्नुभयो । रक्तदाताहरुमा समाजिक अभियन्ता दिला शाह, एस.ओ.एस.का रमी शाक्य, भिमा बस्नेत, कृष्णा के.सी, जया बुढा, कञ्चन बस्नेत, स्वेता विष्ट, सिमरन श्रेष्ठ, सरिता वैश्य, विवेक कुमार वैश्य, गुरुदीन यादव, रुस्तम अली दर्जी हुनुहुन्थ्यो ।

सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा होमराज गिरि, सोम प्रसाद सापकोटा, सुनील पुलामी मगर, पुनम थापा, बैकुण्ठ रेग्मी, केशर सिंह क्षेत्रीको प्राविधिक टोली र आकाश जायसवालले सहयोग गर्नु भएको थियो ।

स्वाथ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुन सक्ने आइरन ओभर लोड कम हुन जान्छ र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ ।

त्यसैगरि रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साता भित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।

कार्यक्रममा निरजमान श्रेष्ठ, शेर बहादुर बोहरा, श्वेता बज्राचार्य, मन मोहन बर्मा, गौतम प्रसाद पौडेल, खम्ब प्रसाद पुन, मनिषा घर्ती, दिपक गुप्ता, राकेशकुमार मिश्र, रमेश कुमार बर्मा, राजितराम अहिर, मान बहादुर चौधरी, दिला शाह, विष्णु केसी, पवन कुमार वैश्य, बिनोद कुमार वैश्य, जगत बहादुर बर्मा, झलक गैरे, कृष्णा बडु, कृष्णा खत्री, शम्भु प्रसाद थारु, पप्पु कुमार जायसवाल, जागेश्वर सिंह थारु, प्रतिक सापकोटा, लक्ष्मण कुमार वैश्य, दुर्गा रोकाय, मघराज जिएम, होमराज गिरी, राजु चिडिमारले रक्तदान गर्नुभएको छ ।

Previous articleबाँकेमा जारी निषेधाज्ञा ७ दिन थप
Next articleबर्दियामा कोभिड-१९ को व्यवस्थापनमा सरकारको भुमिकाप्रति जोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here