जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको बैठक, ११ वटा निर्णय

नेपालगञ्ज । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले बिभिन्न निर्णयहरु गरेको छ । सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिका यसअघि भएका निर्णयहरुको कार्यान्वयन अवस्थाका सन्दर्भमा समिक्षा गर्दै विपद् व्यवस्थापनका सम्बन्धमा निर्णयहरु गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी एव जिल्ला बिपद व्यवस्थापन समितिका अध्यक्ष शिवराम गेलालको अध्यक्षतामा बसेको बैठकले ११ वटा निर्णयहरु गरेको आपतकालिन कार्य संचालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

समितिले गरेका निर्णयहरु

१. राष्ट्रिय आपतकालिन कार्यसंचालन केन्द्रको मिति २०७८ जेष्ठ २८ गतेको जिल्ला विपद् व्यवस्थापन समितिलाई प्राप्त निर्देशन कार्यान्वयन गर्ने ।

२. विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि ९ वटै विषयगत क्षेत्रका तर्फवाट प्रस्तुत कार्ययोजनामा छलफल गरी सुझाव सहित अनुमोदन गर्ने ।

३. बाँके जिल्लामा यस वर्ष विपद्‌बाट २५ हजार घरपरिवारको १ लाख ५० हजार मानिसहरू प्रभावित हुन सक्ने पुर्वानुमानका आधारमा तयार भएको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको १५औं अद्यावधिक, २०७८ लाई सुझाव सहित अनुमोदन गर्ने । साथै यस योजनाका आधारमा विपद् पूर्वतयारी र प्रतिकार्यका गतिविधि संचालन गर्न निर्देशन दिने ।

४. यस वर्षको मनसुन विगतमा भन्दा वढी सक्रिय हुने भनि जल तथा मौसम विभागवाट पुर्वानुमान भए अनुसार सोही बमोजिम बाँके जिल्लाले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ लाई समेत अनुमोदन गरियो ।

५. बाँकेको बाढीजन्य प्रकोपको पूर्वतयारीका लागि राप्ती नदी, मान खोला, किरण नाला, डुडुवा नाला लगायतका जोखिमयुक्त क्षेत्रहरुमा हुन सक्ने कटान तथा वाढीका कारण हुने क्षति न्यूनिकरणका लागि समयमै रोकथाम तथा आपतकालिन तटवन्धको लागि कार्य गर्न सम्वन्धित कार्यालयहरुलाई निर्देशन दिने ।

६. मनसुन अवधिभर मनसुन सम्बन्धी सुचना तथा बुलेटिनहरुलाई उच्च प्राथमिकता दिई प्रकाशन प्रसारण गर्न सवै संचार माध्यमहरुलाई अनुरोध गर्ने । साथै दैनिक मनसुन सम्वन्धी वाढी पूर्वानुमान महाशाखाले जारी गर्ने वुलेटीन सवै सरोकारवालालाइ दैनिक इमेल मार्फत उपलव्ध गराउने व्यवस्था जिल्ला आपतकालिन कार्य संचालन केन्द्रले मिलाउने । साथै जिल्लाको पुर्वसुचना प्रणालीका लागि सुचना समन्त्र जल तथा मौसम विभाग कोहलपुको समन्वयमा निर्माण गर्ने ।

७. जिल्लाको विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना (DPRP)  निर्माणमा प्राविधक सहयोग पुर्‍याउने नेपाल रेडक्रस सोसाइटी, भेरी वातावरण विषिष्टता समुह तथा मनसुन पुर्वतयारी योजना निर्माणमा सहयोग पुर्‍याउने नेपाल रेडक्रस सोसाइटी, आइ एन एफ नेपाललाइ धन्यवाद दिने ।

८. मनसुन शुरु भैसकेको अवस्थामा बाढीजन्य विपदको खोज तथा उद्धारमा प्रयोग हुने सामाग्रीहरुको प्रयोग गरी डुडुवा गाँउपालिकाको कम्दी स्थित राप्ती नदिमा सवै सुरक्षा निकाय, पालिका रेडक्रसको सहभागितामा असार ११ गते विहान ११ वजे कृतिम घटना अभ्यास गर्ने । सोको संयोजन जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रले गर्ने ।

९. जिल्ला विपद् व्यवस्थापन समितिका तर्फवाट मिति २०७८ बैशाख २० देखि २०७८ जेष्ठ २७ सम्म विपदबाट प्रभावितहरुलाई राहत वापत ९० हजार उपलव्ध गराइएको बारे जानकारी गराउदै अनुमोदन गरियो ।

१०. डिभिजन बन कार्यालय बाँके अन्तरगत शम्सेरगंज सव डिभिजन बन कार्यालयमाताहत ओभरीमा रहेको घाट गद्दी स्थलमा मिति २०७८ बैशाख १५ गते आगलागी हुँदा साल जातको १.५ चट्टा र अन्य जातको २ चट्टा गरि जम्मा ३.५ चट्टा दाउरा नोक्सानी भएको भन्ने प्रमाण सहित घटनास्थल मुचुल्का र नेपाल प्रहरीको गाँउ सर्जमिन मुचुल्का समेत पेश गएको हुँदा वन पैदावार संकलन तथा विक्री वितरण निर्देशिका २०७३ को दफा १३ र ५६.३ अनुसार नोक्सानी भएको तद अनुसारको दाउराको लगत कट्टा मिनाहाको लागी बन तथा भुसंरक्षण विभागलाई सिफारिस गर्ने ।

११. २०७८ असारको पहिलो साताभित्र सवै स्थानीय तहहरुले मनसुन पुर्वतयारी बैठक गर्ने । साथैं अनिवार्य रूपमा निम्नानुसारको तयारी गर्ने ।

· सवै पालिकाहरुले वाढीजन्य विपद्‌बाट उच्च जोखिमयुक्त्त क्षेत्र, परिवार सख्या र सुरक्षित स्थानको पहिचान अविलम्व गर्ने ।

· पालिका भित्र भएको विपद्‌मा प्रयोगहुने स्रोत साधन, जनशक्तिको अद्यावधिक गरी तयारी अवस्थामा राख्ने ।

· विपद सर्वेक्षणका लागि आवश्यक पर्ने जनशक्तिको पहिचान, प्रारम्भिक द्रुत लेखाजोखा र घरधुरी सर्वेक्षण फारम तयारी अवस्थामा राख्ने ।

· नदि तथा खोलामा पानीको सतह वढेको अवस्थामा माछा मार्न, दाउरा छोप्न जाने,पौडी खेल्ने जस्ता कार्यहरु निषेध गर्ने ।

· अत्यावश्यक सामाग्री (खानेकुरा, कपडा, औषधी, पानी) हरुको आवश्यक भण्डारण गर्ने ।

· महिला, बालबालिका, जेष्ठ नागरिक अपाङ्गता भई उच्च जोखिममा रहेका व्यक्तिहरुको सुरक्षामा विशेष ध्यान दिने ।

· NEOC,DHM बाट नजिकको नदी, नालामा पानीको वहावको सूचना लिई नदिको सतह बढेको तल्लो तटीय क्षेत्रका वासिन्दाहरुलाई सुरक्षित रहन सूचना प्रवाह गर्नेर गराउने ।

· मौसम सम्वन्धि जानकारीका लागी निम्न जल तथा मौसम विज्ञान विभागको वेवसाईट www.hudrology.gov,np र गृह मन्त्रालयको drrportal.gov.np नियमित अवलोकन गर्ने ।

Previous articleबर्दियामा कोभिड-१९ को व्यवस्थापनमा सरकारको भुमिकाप्रति जोड
Next articleनवनिर्मित सामुदायिक भवन उद्घाटनसंगै हस्तान्तरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here