
बाजुरा । कोरोना महामारीका बेला सरकारले जारी गरेको निषेधाज्ञाको मौका छोपी जुवा तास खेल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाजुराले सोमबार राति ६ जना जुवाडे पक्राउ गरेको छ ।
मार्तडी बजारको तुफान डाँडामा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक धनदेव साउँदले बताउनुभयो । विशेष सुराकीको आधारमा उनीहरुलाई तुफान डाँडाबाट नगद ९८ हजार तीन सय २५ रुपैया सहित ६ जना पक्राउ गरिएको छ ।
उनीहरु सबै मार्तडीका व्यापारीहरु रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जुवातास खेल्ने क्रममा पक्राउ परेका ६ जनालाई जुवा ऐन सम्बन्धी कानुनी कारबाही गरिने तयारी प्रहरीले थालेको छ ।





