बाँके बर्दियाका तीन वटा बिद्यालयलाई सूचना प्रबिधिका सामाग्री प्रदान

नेपालगञ्ज । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि परियोजना बिधालयमा सूचना प्रबिधि (आइसीटी) का सामाग्रीहरु हस्तान्तरण गरिएको छ । प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेको साझेदारीमा बाँके बर्दिया जिल्लाका बिभिन्न स्थानीय तहमा संचालित आइसीटी ल्याप (लर्न परियोजना अन्तर्गत) ३ वटा बिधालयमा सूचना प्रबिधिका सामाग्रीहरु प्रदान गरिएको हो ।

बिधालयमा प्रबिधिमैत्री कक्षा शिक्षण सिकाइ क्रियाकलाप संचालन तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यका साथ खजुरा गाउँपालिका वडा नं ४ मास्थित श्री जनकल्याण माध्यामिक बिधालय, बर्दियाको राजापुर नगरपालिका भित्रको मानपुर माध्यामिक बिधालय, पद्म कुमारी माध्यामिक बिधालयमा उक्त सामाग्री प्रदान गरिएको छ ।

सोमबार तीन वटै बिद्यालयलाई सस्थाका टिम लिडर नेत्रकला शाहीले सूचना प्रबिधिको सामाग्री हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरणका क्रममा खजुरा गाउपालिका वडा नं ४ का वडा अध्यक्ष तिलकबिर सुनार, शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्ल, बिधालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरु र राजापुर नगरपालिकामा बिधालय ब्यबस्थापन समितिका पदाधिकारी, बिधालयका प्राधानाध्यपक लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा वडा अध्यक्ष सुनारले बिधालयको चौतर्फी बिकासका लागि प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेले बिगत वर्षदेखि बिभिन्न कार्यक्रममार्फत गुणस्तरिय शिक्षाको क्षेत्रमा अतुलनीय सहयोग पुर्याउँदै आइरहेको र पुनः बिधालयमा बालमैत्री तथा प्रबिधिमैत्री सिकाइका लागि आइसीटीका सामाग्री सहयोगले सिकाइमा टेवा पुग्ने बताउनुभयो ।

साथै संस्थाले दिएको सामाग्रीको उचित प्रयोग र यसको व्यवस्थापनमा बिधालयले बिषेश ध्यान दिने र सामाग्री सहयोग गर्ने स्याक नेपाल तथा प्लान इन्टरनेशनल नेपाललार्इ धन्यबाद दिनुभयो । संस्थाकी टिमलिडर नेत्रकला शाहीले प्रबिधिमैत्री सिकाइमा सबै बालबालिकाहरुको पहुँच पुग्नुका साथै गुणस्तरीय शिक्षा प्रदान हुने अपेक्षा राख्नुभयो ।

आइसीटी ल्यापका लागी प्रति बिधालय ६ सेट डेस्कटप कम्युटर, १ थान ल्यापटप, १ थान प्रोजेक्टर, ५ थान कम्युटर टेवल, ६ थान कम्युटर कुर्सी, ३ थान एलीडी टिभि, ब्यट्री र इन्भटर १ सेट, पेन ड्राइप २ थान, मल्टी पलग ५ सेट गरि कुल पाच लाख पचास हजार बराबर तीन वटै बिधालयमा १६ लाख पचास हजारको सामाग्री प्रदान गरिएको छ ।

बर्दियाको ठाकुरबाबा र बारबर्दिया नगरपालिकाका ४ वटा बिधालयमा समेत यस्तो सामाग्री बितरण गर्ने गरी परियोजना संचालन भएका ७ वटा बिधालयमा ४० लाख बराबरको आइसीटी सामाग्री हस्तान्तरण गरिने योजना रहेको परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।

Previous articleनवनिर्मित सामुदायिक भवन उद्घाटनसंगै हस्तान्तरण
Next article६ जना जुवाडे पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here