भेरी अस्पतालमा दुई वटा भेन्टिलेटर थप

नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालमा दुई वटा भेन्टिलेटर थप भएको छ ।

स्थानिय विकास पूर्वाधार कोषको रकमबाट उक्त भेन्टिलेटर खरिद गरिएको हो । भेरी अस्पतालमा योसँगै अव २८ वटा भेन्टिलेटर पुगेका छन् ।

बाँके क्षेत्र नम्वर २ बाट निर्वाचित विघटित संबिधानसभाका संघीय सांसद मोहम्मद इस्तियाक राइको पूर्वाधार कोषबाट ४५ लाख रुपैयाँ बिनियोजन गरिएको थियो ।

कोषको सो रकममार्फत् नेपालगन्ज उपमहानगरपालिकाले टेण्डर आव्हान गरेर खरिद गरिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिनुभयो ।

कोरोना भाइरस महामारीका कारण अस्पतालमा भेन्टिलेटर अभावमै विरामीको मृत्यु हुने अवस्था आएपछि स्थानीय विकास पूर्वाधार कोषको सो बजेट रकामान्तर गरेर भेन्टिलेटर खरिद गरिएको धितालको भनाइ छ ।

भेरीको कोभिड वार्डमा अहिलेपनि ६६ विरामी उपचारत छन् । तिमध्ये २१ जना सिकिस्त छन् ।

Previous articleबाँकेको राप्ती तटिय क्षेत्रमा उच्च सर्तकता, उद्धार टोली परिचालन
Next articleबाँकेका पत्रकारहरुलाई दुई लाखको दुर्घटना बिमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here