हात्तीको आक्रमणबाट बर्दियामा एक वृद्धको मृत्यु

रासस, बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका–८ का ७८ वर्षीय एक जना पुरुषलाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको छ ।

च्याउ खोज्न गएका नरेशस्वर सापकोटालाई नवप्रभात सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो । उहाँलाई बुधबार हात्तीले आक्रमण गरेको थियो ।

मृतकको पोष्ट्रमाटमका लागि बर्दिया राष्ट्रिय निकुञ्जको प्रशासन र बासँगढी नगररपालिकाका प्रमुख शालीकराम सापकोटा सहितको टोली घटनास्थल गएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले बताउनुभयो ।

Previous articleबाँकेका पत्रकारहरुलाई दुई लाखको दुर्घटना बिमा
Next articleनेपालगञ्जको नाका टोलबासीलाई सास्ती, मेयरको आश्वासन मात्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here