नेपालगञ्जको नाका टोलबासीलाई सास्ती, मेयरको आश्वासन मात्र

समीर अली बेहना, नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको नाका टोलको नागरिकलाई नालामा फोहोर मैला र पानी जम्मा हुँदा सास्ती भएको छ ।

वर्षाको मौसममा नालामा पानी जम्मा हुँदा नालापारी रहेको घरपरिवारलाई आवत जावत गर्न निकै कठिनाईको सामना गर्न परेको छ । वर्ष २०५२ तिर तत्कालीन मेयर धवल शम्शेर राणाको कार्यकालमा बनाइएको नाला निकै दयनीय अवस्थामा छ ।

स्थानीयले भन्छन् यो नाला टाँगा स्टेण्ड भएर टंडन राइस मील तिर जाने गर्थ्यो जबकी मेयर राणाको कार्यकालमा नालालाई घुमाएर हाम्रो टोल तिर बनाइयो । नालामा पानी जम्मा हुँदा आउन जान गाह्रो भएको छ भने घरको सरसामान समेत पानीले बगाएर लग्ने गरेको छ ।

एक महिलाले भनिन् तीन दिन अगाडी उहाँको ६ वर्षीय छोरो पानीमा डुब्न लागेको थियो । आमाले छोरो डुब्न लागेको देखेर पानीमा हाम फालेर छोरो जोगाएकी थिइन ।

गर्मीको मौसममा उक्त नालामा पानी कम भएपनि फोहोर जम्मा हुने गर्छ भने वर्षामा पानीको स्तर बढ्छ र नाला पारी भएको स्थानीयलाई आउन जान निकै कठिन हुने गरेको छ । यस बारे पटक पटक वडा कार्यालय र उपमहानगरपालिकाको ढोका खट्खटाएको स्थानीय कलीम खानले बताउनुभयो ।

वडा कार्यालयलाई यस विषयमा जानकारी गराउँदा वडा अध्यक्ष उज्ज्वल सिंह राठौरले यो टोलबाट म जितेको होइन भनी जबाफ दिने गरेको उहाँले बताउनुभयो

हाम्रो समस्या नसुनेपछि भन्न पनि छोडिसकेको खानको भनाई छ । हाम्रो समस्या समाधानमा वडा कार्यालय लापरवाही गरेको स्थानीय कुदरतुन कवाडियाले बताउनुभयो । पटक पटक यो विषयमा जानकारी गराउँदा पनि एउटा कानबाट सुन्ने र आर्को कानबाट उडाउने काम मात्र भएको उहाँको गुनासो छ ।

नालाको विषयलाई लिएर हामी उपमहानगरपालिकामा समेत पुगेको थियौं र मेयर डा.राणाले स्थलगत अवलोकन गर्ने प्रतिबद्धता समेत जताउनु भएको थियो । कवाडियाले भन्नुभयो, तर मेयरले अहिलेसम्म स्थलगत अवलोकन गर्न आउनु भएको छैन ।

स्थानीयका अनुसार नालाको ढक्कन हटाएको करिब २ वर्ष पुग्न लागेको छ तर नालाको ढक्कन समेत लगाइएको छैन । करिब दुई मिटर चौडाइ भएको नालाको दुई तीन महिनामा एक चोटी सफाई गर्न कुचिकारहरु पुग्ने गरेका छन् ।

सफाइ गर्न पुग्ने कुचिकारहरुले पुर्ण रूपमा सफाइ नै नगरी फर्कन्छन् । सफार्इ गरेको फोहोर मैला उठाउन गाडी पनि जाँदैन र फोहोर सोही नालामा पुनः विसर्जन हुने गर्छ ।

हामी घर विहीन भएको बेला करिब २०(२२ वर्ष अगाडी अतिउल्लाले बस्नलाई जग्गा उपलब्ध गराउनु भएको र टिन तथा फूसको छाना बनाएर बस्नु परेको हामीहरूलाई सरकारले ५० हजार रुपैयाँ आवास योजनाको अनुसार दिएको थियो । सोही पैसाले घर बनाइ बसेका छौँ, उहाँले भन्नुभयो ।

पटक पटक संचारमाध्यमहरुमा यो विषयमा कुरा आइसकेको समेत स्थानीयले जानकारी गराए । दिक्क मानेर समाचार संकलन गर्न गएको पत्रकार तथा संचारकर्मीहरुलाई लखेटेको पनि छौँ । तैय्यब अलीले भन्नुभयो, सामाजिक सञ्जालमा समेत आवाजहरु उठाइयो तर समस्या ज्युँका त्यूँ छ ।

Previous articleहात्तीको आक्रमणबाट बर्दियामा एक वृद्धको मृत्यु
Next articleविपन्न वर्गका सुत्केरी, गर्भवती महिलाको निस्शुल्क स्वास्थ्य परीक्षण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here