बाँकेको संक्रमण दर घट्यो

नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणको दर घट्दै गएको छ । जिल्लाका ३ वटा प्रयोगशालाको ल्याबहरुमा जेष्ठ महिनमा भएको स्वाब परीक्षणले संक्रमणको दर घट्दै गएको देखाएको हो ।

जनस्वास्थ्य अधिकृत नरेश श्रेष्टका अनुसार बाँकेमा कोरोना संक्रमण दर घटेको छ । जेष्ठ १ गतेदेखि ३१ गते सम्ममा ३ वटा प्रयोगशालामा भएको परीक्षणमा पोजेटिभ दर प्रतिशत घटदै गएको अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

जेष्ठ २ गते ७२ दशमलव ७ प्रतिशतसम्म पुगेको संक्रमण दर जेष्ठ ३१ गते ३२ दशमलव ४ प्रशितमा झरेको छ । तर जेष्ठ महिनामा २४ गते कोरोना संक्रमण दर १२ दशमलव ६ प्रतिशतमा झरेको थियो ।

Previous articleबाँके, बर्दियाका सात बिद्यालयमा सूचना प्रबिधिका सामाग्री प्रदान
Next articleभारतबाट फर्किने नेपालीलाई ६० हजार बढी मास्क वितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here