बाँके, बर्दियाका सात बिद्यालयमा सूचना प्रबिधिका सामाग्री प्रदान

गुलरिया । बाँके तथा बर्दियाका सात वटा सामुदायिक बिद्यालयहरुलाई सूचना प्रबिधिका (आइसीटी) का सामाग्री प्रदान गरिएको छ ।

बाँकेस्थित सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) ले बाँके र बर्दियाका सात वटा सामुदायिक बिद्यालयहरुलाई उक्त सामाग्री प्रदान गरिएको हो ।

प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेको साझेदारीमा संचालित आइसीटी ल्याप लर्न परियोजना अन्तरगत बाँके बर्दियाका बिभिन्न स्थानीय तहमा परियोजना संचालन भएका सात वटा बिधालयमा प्रबिधिमैत्री कक्षा शिक्षण सिकाइ क्रियाकलाप संचालन तथा प्रबिधिमैत्री गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यका सामाग्री एक समारोहका साथ बिधालयमा हस्तारन्तरण गरिएको संस्थाले जनाएको छ ।

खजुरा गाउँपालिकाको १, राजापुर नगरपालिकाको २, बारबर्दिया नगरपालिकाको ३ र ठाकुरबाबा नगरपालिकाको १ वटा बिद्यालयहरुलाई सामाग्री प्रदान गरिएको हो । यी सबै स्थानीय तहहरुमा शिक्षा शाखा प्रमुख, बिधालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी र प्रधानाध्यपक लगायतको सहभागीता रहेको थियो ।

बिधालयको चौतर्फी बिकासका लागी प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेले बिगत वर्ष देखि कार्यक्रम मार्फत गुणस्तरिय शिक्षाको क्षेत्रमा अतुलनिय सहयोग गदै आइरहेको र पुन बिधालयमा बाल मैत्री तथा प्रबिधि मैत्री सिकाइका लागी आइसिटीका सामाग्री सहयोगले सिकाइमा टेवा पुग्ने अपेक्षाका गरिएको छ ।

साथै संस्थाले दिएको सामाग्री सबै बालबालीकाहरुको पहुच पुग्नुका साथै गुणस्तिरिय शिक्षा प्रदान हुने अपेक्षा का साथ सामाग्रीको सुरक्षा ब्यबस्थापन मा बिधालयले बिषेश ध्यान दिने छ भन्ने अपेक्षा गरिएको सस्थाका अध्यक्ष शिवलाल पाण्डेले बताउनु भयो ।

७ वटा बिधालयमा आइसीटी ल्यापका लागी प्रति बिधालय ४६ सेट डेसटप कम्युटर, ७ थान लेपटप, ७ थान प्रोजेक्टर, ५ थान कम्युटर टेवल, ३५ थान कम्युटर कुर्चि, २१ थान एलीडी टिभि, ब्यट्टी र इन्भटर ७ सेट, पेन डाइप १५ थान मल्टी पलग ३५ सेट गरि कुल ४० लाख वराबरको आइसिटि सामाग्री हस्तान्तरण गरिने योजना रहेको परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।

Previous articleविपन्न वर्गका सुत्केरी, गर्भवती महिलाको निस्शुल्क स्वास्थ्य परीक्षण
Next articleबाँकेको संक्रमण दर घट्यो

1 COMMENT

  1. सुगम जिल्ला को दुर्गम क्षेत्र भनेर चिनिने बाँके को राप्ती सोनारी गाउँपालिका भित्र पर्ने र राप्ती पीडित पिछडिएको ठाउँ फत्तेपुर मा वितरण गरिदिएको भए त्यहाँ का अशिक्षित विद्यार्थी हरु ले त्यो सुविधा पाइएको भए धेरै केही सिक्न पाउने थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here