डुडुवाको नवौ गाउँसभाको तयारी तिब्र, वडास्तरिय योजना छनौट हुँदै

डुडुवा । संघ र प्रदेश सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याइसकेपछि अब स्थानीय सरकारले नयाँ बजेटको तयारी गरेका छन ।

बाँके डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०७८/०७९ को निती तथा कार्यक्रम र बजेटको तयारी तिब्र रुपमा गरिरहेको छ । यही असार १० गते बस्ने डुडुवाको नवौं गाउँसभाले निति तथा कार्यक्रम र बजेट ल्याउने छ ।

कोभिड–१९ को संक्रमणको व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पशु, विपत, बन तथा बातावरण, विकास निमार्ण लगायतका विषयलाई प्राथमिकीकरण गरि यस वर्ष केही ठुला र महत्वपूर्ण योजना ल्याउने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।

स्थानीय तहमा योजना छनौटका चरण अन्र्तगत अहिले वडास्तरिय योजनाहरु छनौट भईसकेर आउने क्रम जारी छ भने ति योजना आइसकेपछि विषयगत समितिको बैठकबाट योजना पास हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताउनुभयो ।

उहाँका अनुसार विषयगत समितिबाट पास भएका योजना तथा कार्यक्रम बजेट तर्जुमा समितिले पास गरि कार्यपालिकाको बैठकमा पेश गर्नेछ । र कार्यपालिकाको बैठकपछि गाउँसभामा निति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।

गाउँपालिकाले विगतका वर्षदेखि संचालन गरेको स्वास्थ्य, पशु लगायतका विभिन्न अभियानहरुको निरन्तरता, केही ठुला तथ महत्वपूर्ण योजना र बन ऐन लगायतका केही नया विधेयकहरु नवौ गाउँसभामा प्रस्तुत हुने गरि तयारी भईरहेको गाउँपालिकाले जनाएको छ ।

Previous articleस्वतन्त्र पत्रकार संघद्धारा महासँघलाई १५ हजार सहयोग
Next articleचित्र गुप्त सेवा समाज बाँकेद्धारा अन्जनी माता रसोईलाई ११ हजार सहयोग प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here