
नेपालगञ्ज । चित्र गुप्त सेवा समाज बाँकेले भेरी अस्पतालमा संचालित अञ्ज्नी माता रसोइलाई सहयोग स्वरुप एघारा हजार रकम हस्तान्तरण गरेको छ।
कोभिड बिरामी तथा कुरुवालाई लक्षित गरि श्री सुन्दरकाण्ड मित्र मण्डलद्वारा विगत ९ महिनादेखि सञ्चालित खाना खुवाउने अभियान व्यवस्थापनमा थप सहयोगका लागि उक्त रकम हस्तान्तरण गरिएको हो ।
अञ्जनी रसोइले २० रुपैयाँमा पेट भर खाना खुवाउदै आएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति बाँके अध्यक्ष अजयकुमार श्रीवास्तव, मिसन टु करोड अभियानका राष्ट्रिय सल्लाहकार राकेशबहादुर श्रीवास्तव, केन्द्रीय सदस्य मनोजराजा श्रीवास्तव, चित्रगुप्त समाज बाँके संरक्षकद्वय केवलकृष्ण दास, अनन्त कुमार कर्ण, अध्यक्ष संजय पंकज कर्ण, हिरेन्द्र कर्ण लगायतको उपस्थिति रहेको थियो ।
हस्तान्तरण कार्यक्रम समापन सम्बोधन गर्दै चित्र गुप्त सेवा समाज बाँके अध्यक्ष पंकजले सुन्दर काण्ड मित्र मण्डलको यो अभियान मानवताको अभियान भएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।






