
राजापुर । जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाको आयोजनामा सोमबार बाढीको कृत्रिम घटना अभ्यास राजापुर नगरपालिका वडा नं. १ बडकी दौलतपुरस्थित कर्णाली नदीमा सम्पन्न भएको छ ।
वाढीको बेला हुन सक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्दारमा प्रयोग हुने उद्दार सामाग्री र जनशक्तीको अद्यावधिक तथा पुनःर्ताजगीका लागि तथा खोज तथा उद्दार कार्यलाई प्रभावकारी वनाउने उदेश्यका साथ हरेक वर्ष झै यस बर्ष पनि कर्णाली नदिमा बाढी कृत्रिम घटना अभ्यास कार्यक्रम गरिएको हो ।
नेपाली सेना, शसस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको प्राविधिक सहयोगमा बाढीको कृत्रिम घटना अभ्यास सम्पन्न गरिएको छ, भने घटना अभ्यासमा उद्दार गरि ल्याइएका घाइतेहरुलाई नेपाल रेडक्रस सोसाइटीका प्राथमिक उपचारक टोलीले प्राथिमक उपचार सेवा प्रदान गरि नजिकको एम्बुलेन्सद्धारा नजिकको अस्पतालमा पठाउने कार्य भएको छ । सोे वाढीको कृत्रिम घटना अभ्यासमा सबै सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो ।
विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि बनाईएको जिल्ला विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना २०७८ मनसुन पूर्वतयारी कार्ययोजना अनुसार सोको प्रभावकारीताका लागि सो योजनाको परिक्षण समेत गर्नूपर्ने व्यवस्था भए बमोजिम कर्णाली नदिको दौलतपुरघाट नजिक कार्यक्रम गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाका संयोजक सन्त बहादुर सुनारले कृत्रिम घटना अभ्यासको व्यानर पढेर उद्घाटन गर्दै अभ्यासले बाढीका वखत जनशक्ति तथा आवश्यक खोज तथा उद्दार सामाग्रीको पुर्वतयारी गर्न सहयोग पुगेको वताउनुभयो । “यस्ता अभ्यासले विपद् प्रतिकार्य गर्न प्रभावकारीता हुने छ । मनसुन सकृय रहेको र वाढी आइ हालेमा त्यसको प्रतिकार्य गर्न जिल्ला तयारी अवस्थामा रहेको छ” प्रजिअ सुनारले भन्नुभयो ।
बाढी कृत्रिम अभ्यास कार्यक्रममा नेपाली सेना र शसस्त्र प्रहरी बलसंग रहेको मोटर बोट, रवर बोट लगायतका खोज तथा उद्दार सामाग्रीहरुको प्रयोग गरिएको जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा भैरव प्रसाद गण इमाननगर ब्यारेक राँझाका प्रमुख सेनानी, बर्दिया जिल्लाका ४ वटै सुरक्षा निकायका प्रमुखहरु, राजापुुर नगरपालिकाका मेयर, सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल रेडक्रस सोसाइटी बर्दियाका सभापति, उपशाखा राजापुरका सभापति, पत्रकार महासघका उपसभापति, संचारकर्मीहरु, जिल्लाका अगुवा सहयोगी निकाय (एक्सन एड र कमैया महिला जागरण समाज), सबै क्षेत्रगत अगुवाहरु, विपद्संग सम्बन्धित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एबम प्रतिनिधिहरु, सामाजिक विकास तथा अनुसन्धान केन्द्रका प्रतिनिधिहरु, समुदायिक कार्यदलका सदस्यहरुको उपिस्थिति रहेको थियो ।
कार्यक्रमको परिदृश्यबारे जानकारी र कार्यक्रमको सहजिकरण सशस्त्र प्रहरी उपरिक्षक नर बहादुर रावत र जिल्ला विपद् व्यस्थापन समितिका फोकल पर्सन नारायण प्रसाद ढकाल र सूचना व्यवस्थापन अधिकृत बुढाथोकीले गर्नु भएको थियो ।






