एक वर्षदेखि फरार ज्यान मार्ने मुद्दाका अभियुक्त पक्राउ

धनगढी । कैलालीमा ज्यान मार्ने उद्योग र सार्वजनिक हितबिरुद्ध कसुर मुद्दामा फरार अभियुक्त १ वर्षपछि पक्राउ परेका छन् ।

चुरे गाउँपालिका वडा नं. १ घर भई हाल धनगढी बस्दै आइरहेका २१ वर्षीय जेनसिंह ठकुरीलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

उनलाई बिहीबार खोजतलास गर्ने क्रममै प्रक्राउ गरेको हो । अभियुक्तले एक वर्षअघि जिल्लाको चुरे गाउँपालिका वडा न. १ का भोजबहादुर बमलाई धनगढीको एक बारमा बियरको बोत्तलले टाउकोमा हानेर गम्भीर घाइते बनाएका थिए ।

भारत लखिमपुर खिरी बस्ने सल्मान सलमानीलाई समेत गालीगलौज तथा अभद्र व्यवहार गरेको उनीमाथि आरोप लागेको छ । उनी बिरुद्ध ज्यान मार्ने उद्योग र सार्वजनिक हितबिरुद्धको मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएपछि उनी फरार थिए ।

उनीविरुद्ध दर्ता भएको सार्वजनिक हित बिरुद्दको कसुर मुद्दामा जिल्ला प्रशासनबाट म्याद थप भएर अनुसन्धान भइरहेको छ ।

Previous articleपेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
Next articleआईशाेलनका दुई जना डिस्चार्ज हुँदै, ३५० जना घर फर्किए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here