आईशाेलनका दुई जना डिस्चार्ज हुँदै, ३५० जना घर फर्किए

बाँके । जिल्लाका दुई जना काेराेना संक्रमित निकाे भएर घर फर्किदै छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एव काेराेना फाेकल पर्सन नरेश श्रेष्ठका अनुसार राप्ती साेनारी र काेहलपुरका दुई जना पुरूष डिस्चार्ज हुन लागेका हुन ।

राप्ती साेनारी आईशाेलेशनमा रहेका २५ वर्षीय पुरूष र काेहलपुरकाे पिपरी आईशाेलशनमा रहेका ३५ वर्षीय पुरूष रहेका छन् ।

याेसंगै जिल्लामा रहेका काेराेना संक्रमितमध्ये घर फर्किनेकाे संख्या ३५० पुगेकाे छ । शनिबार बिहानसम्म रहेका जम्मा ३७२ संक्रमितमध्ये अब आईशाेलेशनमा २० जना बचेका छन् ।

त्यस्तै जिल्लामा दुई जनाकाे ज्यान गएकाे छ ।

Previous articleएक वर्षदेखि फरार ज्यान मार्ने मुद्दाका अभियुक्त पक्राउ
Next articleबाँकेमा शनिबार दुई जना घर फर्किए, दुई जना पुन : थपिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here