
बाँके । कोरोना संक्रमितहरुको संख्या कम हुँदै गएको बाँकेमा शनिबार थप दुई जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा भएको स्वाब नमूना परीक्षणमा शनिबार दुई जनामा कोरोना भेटिएको पुष्टि गरेको हो ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार शनिबार राप्ती सोनारी गाउँपालिका वडा नं–७ का ३२ र ३४ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।
शनिबार नै बाँकेको राप्ती सोनारी आईशोलेशनमा रहेका २५ वर्षीय पुरूष र कोहलपुरको पिपरी आईशोलशनमा रहेका ३५ वर्षीय पुरूष गरी दुई जना घर फर्किएका छन् ।
दुई जना थपिएसंगै बाँकेमा फेरि २२ जना संक्रमितहरु आइशोलेशनमा बचेका छन् । जसमा १० जना महिला र १२ जना पुरुष रहेका छन् ।
जिल्लामा हालसम्म ३ सय ५० जना डिस्चार्ज भइ घर फर्किएका छन् भने दुई जनाको ज्यान गएको छ ।





