एसएसवीको समन्वयमा दुव्र्यसनी विरुद्धको दिवस मनाइयो

नेपालगञ्ज । लागु औषध विरुद्धको ३४ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा बाँकेको जमुनाह नाकामा आज सचेतिकरण र्‍याली गरिएको छ । सीमामा रहेका सुरक्षा संगठनहरुले संयुक्तरुपमा कार्यक्रम गरेका हुन् ।

हिंजो नेपाली सुरक्षा अधिकारीहरुको आयोजनामा कार्यक्रम भएकोमा आज भने भारतीय एसएसविको सहकार्यमा कार्यक्रम भएको हो ।

रुपैडिया ग्राहम पञ्चायतका प्रधान हाजी अब्दुल कलिमले लागु औषध समस्या दुवै देशको साझा समस्या भएकाले यसको रोकथाम, नियन्त्रण र निदानमा दुवै देशबीच सहकार्य हुन जरुरी रहेको बताउनुभयो । उहाँले दुव्र्यसनि विरुद्ध एक हुन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा एसएसवी असिस्टेन्ट कमान्डेन्ट सुकुमार देव बर्मन, इलाका प्रहरी कार्यालय जमुनाहका असइ पृथ्वीबहादुर बुढा, रुपैडिया थानाका उप(निरीक्षक सुरेश सिंह, स्थानीय बुद्धिजीविलगायतको उपस्थिति रहेको सशस्त्र प्रहरी बल बिओपी जमुनाहका इन्चार्ज जीवन लाल बुढाले जानकारी दिनुभयो ।

लागु औषध रहित परिवारः स्वस्थ जीवनको आधार भन्ने नाराका साथ यसपालिको लागु औषध विरुद्धको दिवस मनाइदै छ । लागु औषध सेवनले मानिसको शारिरीक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पर्ने विज्ञहरु बताउँदै आएका छन् । यसको लतले व्यक्तिको शारिरीक क्षतीमात्र होइन् परिवारलाई उजाडिएका घटना समाजमा व्याप्त रहेका छन् ।

Previous articleडुडुवामा ६८ करोड बढिको प्रस्तावित बजेट सार्वजनिक, दुई वटा विधियेक पारित
Next articleसोनवर्षासहित ६ गाउँ उच्च जोखिममा, तटबन्ध बनाउन माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here