सोनवर्षासहित ६ गाउँ उच्च जोखिममा, तटबन्ध बनाउन माग

तस्बिर : कुमार श्रेष्ठ

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकास्थित सोनवर्षामा तटबन्ध बनाउन स्थानीयले माग गरेका छन् । सोनवर्षामा तटबन्ध नहुँदा आसपासका ६ वटा गाउँ डुबानको उच्च जोखिममा रहेका छन् ।

तटबन्ध निर्माणका क्रममा स्थानीय केहीको विरोधपछि सोनवर्षाको एक ठाउँमा तटबन्ध बन्न सकेको छैन । त्यही स्थानमा तटबन्ध बनाउन स्थानीय मोल्हे धोवीले माग गर्नुभएको छ । उहाँले तत्काल त्यहाँ तटबन्ध बनाइदिन गुहार माग्दै नेपालगञ्जको जनताको तटबन्ध कार्यालयसंग माग गर्नुभएको हो ।

बाढी आइहालेमा जनताको तटबन्धले के गर्ने तयारी गरेको छ भन्ने बुझ्न लक्षणपुर बाँध पीडित संघर्ष समितिका सचिव राजकुमार शुक्ला, सदस्य दुर्गाप्रसाद पाण्डे पनि जनताको तटबन्ध कार्यालयमा पुग्नुभएको छ । बाढी रोक्न जनताको तटबन्ध कार्यालयले राप्ती नदीमा १७.५ किलोमिटर तटबन्ध बनाएको छ ।

तटबन्ध कार्यालयका इन्जिनियर महेशराज श्रेष्ठले बोरा र नाइलन जाली तयारी अवस्थामा रहेको र तत्काल अस्थायी तटबन्ध बनाइदिने भनेको संघर्ष समितिका सचिव शुक्लाले जानकारी दिनुभयो ।

Previous articleएसएसवीको समन्वयमा दुव्र्यसनी विरुद्धको दिवस मनाइयो
Next articleलागु औषध बिरुद्धको अन्तर्राष्ट्रिय दिवस : अन्तरक्रिया, खाद्यान्न र नगद सहयोग प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here