४५ कराेड रकम हिनामिना भएकाे सहकारीका संस्थापक अध्यक्ष चाैधरी पक्राउ

बाँके । नेपालगञ्जमा ४५ करोड रकम हिनामिना गरेको आरोप लागेका सहकारी बित्तिय संस्थाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ ।

सहकारी सञ्चालक समितिका संस्थापक अध्यक्ष हरदेवबक्स चौधरीलाई बाँके प्रहरीले पक्राउ गरेकाे हो ।

सहकारीको रकम हिनामिना प्रकरणपछि फरारर रहेका चाैधरीलाई प्रहरीले विशेष सुराकीको आधारमा शनिबार विहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुभाष खड्काले जानकारी दिनुभयाे ।

यसअघि संस्थाका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिइसकेको छ । उनीहरु कारागारमा सजाय भोगिरहेका छन् ।

अभियुक्तद्वय लेखा समिति सदस्य स्थिरमणी बज्राचार्य र ओमप्रकाश चौधरीसँग जनही २० लाख धरौटी मागिएको छ । बज्राचार्य २० लाख नगद धरौटी बुझाएर रिहा भएका छन् ।

जिल्ला अदालत बाँकेमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराधअन्तर्गत अभियोग पत्र दायर भएको थियो ।

सहकारीका ११ हजार ९०८ निक्षेपकर्ता र एक हजार ८६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयर धनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारबाहीको माग गर्दै जाहेरी दिएका थिए ।

Previous articleबाँकेमा शनिबार दुई जना घर फर्किए, दुई जना पुन : थपिए
Next articleकरेन्ट लाग्दा एक किशोरको ज्यान गयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here