
नेपालगञ्ज । आजदेखि बाँकेमा सार्वजनिक यातायातका सवारीसाधन संचालनमा आएका छन् । कोरोना भाइरस संक्रमण घट्दै गएपनि जोखिम कायमै रहेकाले तत्कालका लागि आजदेखि ‘जोर–विजोर’ नम्वर प्रणालीबाट यातायातका साधानहरु चल्न दिने स्थानीय प्रशासनले निर्णय गरेको छ ।
त्यही अनुसार आजदेखि बाँकेमा विजोर नम्वरका सवारीसाधन चल्ने छन् । दिन अनुसार, जोर विजोर नम्वरका सवारीसाधन चल्ने छन् । जोर अंक परेको दिन जोर नम्वरका र विजोर अंक परेको दिन विजोर नम्वरका सवारीसाधन चल्ने बाँके प्रहरीले जनाएको छ । सवारीसाधनमा स्वास्थ्य मापदण्ड भने पूर्णरुपमा पालना गर्नु पर्ने बाँकेका सिडियो शिवराम गेलाले बताउनुभयो ।
अनिवार्य रुपले मास्कको प्रयोग गर्नुपर्ने छ । सेनिटाइजरको प्रयोगलाई पनि अनिवार्य गरिएको उहाँले बताउनुभयो । बजार व्यवसाय भने विहान ९ बजेदेखि ४ बजेसम्म खोल्न दिने निर्णय यथावत रहेको छ ।
दोस्रो लहरको कोभिड–१९ को संक्रमण बढेपछि वैशाख १३ गतेदेखि बाँकेमा जारी निषेधाज्ञा थप एक साता लम्ब्याएर असार २१ गतेसम्म पु¥याइएको छ ।





