
बाँके । करेन्ट लागेर बाँकेमा एक किशोरको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं.१० ड्राइभर टोलका १४ वर्षीय किशोरको मृत्यु भएको हो ।
आफ्नै घरको धारामा पानी तान्ने क्रममा मोटरबाट करेन्ट लागेर घाइते भएका उहाँको उपचारका लागि मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुर जनाएको छ ।





