
नेपालन्ज । बाँके प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।
बाँके राप्तीसोनारी गाँउपालिका वडा नं-१ कुशुम बजार स्थित वन्यजन्तुको छालाको खरिदविक्री भईरहेको विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका वडा नं-९ वस्ने ३२ वर्षीय सन्तोष कुवर र दैलेख भैरवी गाउँपालिका-३ वस्ने १९ वर्षीय जितेन्द्र शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पुर्वबाट पश्चिमतर्फ आउदै गरेको रा ४ प ६५०४ नम्बरको स्कुटी रोकी चेकजाँच गर्ने क्रममा उक्त स्कुटीको डिक्की भित्र कालो झोलामा रहेको सेतो खैरो रंगको चरीबाघ चितुवाको जस्तो देखिने छाला फिट ३ ईन्च लामो फेला परेको हो ।
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिमको ५ लाख देखी १० लाख सम्म जरिवाना र ५ वर्ष देखी १५ वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने जनाइएको छ ।






