
नेपालगञ्ज । नेपालगञ्जमा बर्तमान सरकारबिरुद्ध संयुक्त बिद्यार्थी संंगठनले प्रदर्शन गरेका छन । बर्तमान सरकारले नियम संगत काम नगरेको लगायतका नारा लगाउँदै बिद्यार्थी संगठनले नेपालगञ्जमा बुधबार साँझ प्रदर्शन गरेका हनु ।
संयक्त बिद्यार्थी संगठनले बर्तमान सरकारका बिरुद्धमा चर्को नाराबाजी समेत गरेको छ । नेपालगञ्जको बिपी चोकबाट बिद्यार्थीहरुसहित निस्किएको र्याली धम्बोझी चोकसम्म प्रदर्शन गरेको थियो ।
बिद्यार्थीहरुले विघटित संसद पुर्नस्थापना गर, प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दे र पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि फिर्ता गर लगायतका मागसहित प्रदर्शन गरेको बताइएको छ ।






