खजुरा ३ का १५ परिवारलाई राहत प्रदान

हरि अधिकारी, खजुरा । बिश्वभर फैलिएको कोभिड-१९ महामारीको दोस्रो लहरबाट प्रभावित भएका खजुरा गाउँपालिका वडा नं-३ का आर्थिक अवस्था कमजोर बनेका परिवारलाई राहत प्रदान गरिएको छ ।

खजुरा वडा नं -३ को समन्वय, सहकार्यमा रुम टु रिड संस्थामार्फत १५ घर परिवारलाई राहत प्रदान गरिएको हो । खजुरा -३ का वडा अध्यक्ष कान्तुराम गौतमको रोहवरमा वडा कार्यलय परिसरमै परिवारलाई राहत हस्तान्तरण गरिएको थियो ।

सो क्रममा बोल्दै वडा अध्यक्ष गौतमले समस्यामा परेका, अपठ्यारोमा परेकालाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । प्रति घर परिवार २५ किलो चामल, ५ किलो दाल, २ किलो नुन, २ किलो खाने तेल, १ प्याकेज माक्स र ४ पिस साबुन बितरण गरिएको थियो ।

Previous articleवर्तमान सरकारबिरुद्ध नेपालगञ्जमा प्रदर्शन
Next articleबाँकेमा पाटे बाघको छालासहित २ जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here