बाँकेमा पाटे बाघको छालासहित २ जना पक्राउ

नेपालगञ्ज । बाँकेमा पाटे बाघको छालासहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरले बाँकेको बैजनाथ गाउँपालिका क्षेत्रबाट बाघको छालासहित २ जना पक्राउ गरेको हो ।

दुर्लभ बन्यजन्तु बाटे बाघको छाला ल्याइएको भन्ने विशेष सूचनाको आधारमा खटिएको टोलीले बाँकेको बैजनाथ गाउँपालिका वडा नं ४ तिलकपुरबाट अछामको मल्लेख गाउँपालिका वडा नं. ३ दर्पा बस्ने २७ वर्षीय डम्बर बुढा र रामरोसन गाउँपालिका वडा नं. ५ बस्ने ३५ वर्षीय नन्दु बुढालाई
प्रक्राउ गरेको हो ।

कोहलपुरका प्रहरी नायब उपरिक्षक रबिन्द्र खनालको नेतृत्वमा खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो करिब पौने तीन बजेको समयमा उनीहरुले बोकेको झोलाको चेकजाँच गर्दा २ थान पाटे बाघको छाला फेला परेको बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुबारे जिल्ला प्रहरी कार्यालय बाँकेले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

Previous articleखजुरा ३ का १५ परिवारलाई राहत प्रदान
Next articleशैक्षिक क्षेत्रको बिकृति समाधान गर्न बिद्यार्थी संगठनको माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here