
नेपालगञ्ज । बाँकेका क्रियाशिल संयुक्त बिद्यार्थी संगठनहरुले शैक्षिक क्षेत्रमा देखिएको बिकृतिलाई अविलम्ब समाधान गर्न माग गरेका छन् ।
बिद्यार्थी संगठनले बिहिबार उक बिज्ञप्ति जारी गर्दै लकडाउन अवधिको समेत बिद्यालयलले शुल्क असुल गरेपछि यस्तो माग गरेका हुन ।
नेबिसंघका सचिव चक्र रावत, अनेरास्वबियुका अध्यक्ष टेकेन्द्र मल्ल, अखिल क्रान्तिकारीका संयोजक सुरेन्द्र जंग शाह –जम्बो) र अखिल छैटोका नमराज चन्दद्धारा जारी भएको बिज्ञप्तिमा लकडाउनका अवधिमा पढाई नै नगराई अनलाईन कक्षा कोचिगं लगायत बिभिन्न बहानामा शुल्क असुल गरिएकाले तत्काल यो समस्या समाधानका लागि सम्बन्धित निकायले चासो देखाउनुपर्ने माग गरेका छन् ।
उनीहरुले लकडाउन अवधिको शुल्क राज्यले बहन गर्नुपर्ने माग समेत गरेका छन् भने उक्त शुलक बिद्यार्थीमाथि थोपारिएमा कडा अन्दोलन गर्ने चेतानावी समेत दिएको नेबिसंघ सचिव रावतले जानकारी दिनुभयो ।





