
काठमाडौं । नेपालमा कोरोना संक्रमित निको हुने क्रम बढसंगै शनिबार चार सय ३१ जना घर फर्किएका छन ।
यसरी दैनिकरुपमा घर फर्किनेको संख्या पनि बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या चार सय ३१ रहेको छ ।
प्रवक्ता गौतमका अनुसार हालसम्म निको हुनेको संख्या ८ हजार ४ सय ४२ जना पुगेका छन् ।
गत २४ घण्टामा ३ हजार ६ सय ४८ जनामा पीसीआर परीक्षण भएकोमा सत्तरी जनामा मात्र संक्रमण पुष्टि भएको देखिएको छ ।





