द्धन्द्ध पीडीत तथा एकल महिला सञ्जाल बाँकेको निर्माणाधिन भवनको खर्च सार्वजनिक

बाँके । द्धन्द्ध पीडीत तथा एकल महिला सञ्जाल बाँकेको छहारी भवन निर्माण स्थलमा सति प्रथा अन्त्य भएको सय वर्षको अवसरमा सरोकारवाला निकायबीच भवन निर्माण लगायतका विषयमा केन्द्रीत रहेर कार्यक्रम गरिएको छ ।

सञ्जालको अथक प्रयासपछि नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा प्राप्त नेपालगञ्ज–९ स्थित २ कठ्ठा क्षेत्रफलमा निर्माण भइरहेको ३ तले भवन अन्तर्गत पहिलो तलाको हालै ढलान गरिएको हो ।

हामी बाँचेका छौं भन्ने नारासहित स्मरण तथा हार्दिक नमन गरिएको कार्यक्रममा सञ्जालको भवन निर्माण खर्च विवरण पनि सार्वजनिक गरिएको थियो । द्धन्द्ध पीडीत तथा एकल महिला सञ्जाल बाँके सचिव विजया रोकायाले उपमहानगरपालिका र वडाबाट प्राप्त सहयोग १४ लाख रुपैयाको खर्च विवरण सार्वजनिक गर्नु भएको थियो । सोही कार्यक्रममा सम्पूर्ण खर्च विवरण लेखेर पनि टाँस गरिएको थियो ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले छहारी भवन निर्माणले द्धन्द्ध पीडित तथा एकल महिलाको दुख विसाउने मात्र नभई न्यायका एकवद्ध हुन पनि सिकाएको बताउनु भयो ।

खजुरा गाउँपालिकाकी उपाध्यक्ष एवं सञ्जालकी पुर्व अध्यक्ष एकमाया विकले सबैको साथ र संघर्षले भवन निर्माण भइरहेकाले यसको संरक्षण र सञ्चालनमा पनि विशेष चासो रहनु पर्ने सुझाव राख्नु भयो ।

द्धन्द्ध पीडीत तथा एकल महिला सञ्जाल संस्थापक अध्यक्ष, मानव अधिकारका लागि महिला एकल महिला समूहका केन्द्रीय उपाध्यक्ष शोभा वीसीले भवन निर्माण प्रक्रिया र कार्यक्रम बारे प्रकाश पार्नु भएको थियो ।

द्धन्द्ध पीडीत तथा एकल महिला सञ्जाल जिल्ला अध्यक्ष जयन्ती केसीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक ओम बहादर राना, वडा न ९ का अध्यक्ष विष्णु लामा, वडा न १४ का अध्यक्ष ओमकारनाथ मिश्रा, राष्टिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख चन्द्रकान्त चापागाई, मानव अधिकारका लागि महिला एकल महिला समूह प्रदेश ५ कोषाध्यक्ष गोमा थापा, नेपालगञ्जगञ्ज उद्योग वाणीज्य संघकी निवर्तमान उपमहासचिव एवं पूर्णतारा फाउण्डेशन संस्थापक तारा रोकाया, संघकी सदस्य मन्दिरा पाण्डे लगायत बोल्नु भएको थियो ।

सोही अवसरमा भवन निर्माणार्थ वडा न १८ की द्धन्द्ध पीडीत तथा एकल महिला समूह अध्यक्ष अमृता कार्कीेले ५१सय ५१ रुपैया र पूर्णतारा फाउण्डेन संस्थापक तारा रोकायाले ५१ सय रुपैया सहयोग गर्ने घोषणा पनि गर्नु भयो ।

हाललाई एक तले भएपनि क्रमीक रुपमा छहारी भवनमा कार्यालय, मनोविमर्श कक्ष, संग्रहालय, आश्रय कक्ष, प्रशिक्षण कक्ष, भान्सा घर लगायत निर्माण गरिने द्धन्द्ध पीडीत तथा एकल महिला सञ्जाल जिल्ला अध्यक्ष केसीले जानकारी दिनु भयो ।

Previous article८ हजार ४ सय ४२ जना संक्रमण शून्य, शनिबार मात्रै चार सय ३१ जना घर फर्किए
Next articleदुई अध्यक्षद्धारा गाउँपालिकाको सार्वजनिक सुनुवाई बहिस्कार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here