सबै पत्रकारलाई खोप उपलब्ध गराउन महासंघ बाँकेको माग

नेपालगञ्ज । पत्रकार महासंघ बाँकेले जिल्लाका सबै पत्रकारहरुलाई कोरोना बिरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।

आईतबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई भेटेर पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले कोभिड बिरुद्धको अभियानमा फ्रन्टलाइनमा रहेर काम गरेका पत्रकारहरुलाई सहजरुपमा खोप उपलब्ध गराउन माग गर्नुभएको हो ।

त्यस क्रममा प्रमुख जिल्ला अधिकारी गेलालले फ्रन्टलाइनर तथा सबै नेपालीलाई खोप उपलब्ध गराउनेतर्फ आफुहरु संवेदनशिल भएको बताउँदै महासंघको मागप्रति ध्यानार्कषण भएको बताउनुभएको छ ।

महासंघ बाँकेको पहलमा यस अघि बिभिन्न चरणमा बाँकेका केही पत्रकारहरुले खोप लगाएपनि अधिकाशंले खोपबाट बञ्चित हुँदै आएको भन्दै महासंघ बाँकेले तत्काल खोपको ब्यवस्था मिलाउन माग गरेको हो ।

Previous articleनेपालगञ्जको बजेट पारित
Next articleसंचार बिधेयक फिर्ता लिन बाँकेका पत्रकारहरुको माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here