शारदा वाग्लेको अध्यक्षतामा मदनबाबा भक्ति केन्द्र बाँके पुर्नगठन

File Photo

नेपालगञ्ज । श्री मदनबाबा भक्ति केन्द्र बाँके जिल्ला समिति पुर्नगठन गरिएको छ । कोरोना महामारीका कारण संकट मोचन स्वरुप सद्गुरुदेव श्री मदन बाबाको परम सानिध्यता एवं श्री मदनबाबा भक्ति केन्द्रका केन्द्रीय अध्यक्ष श्री शारदा तिवारीको उपस्थितिमा अप्रत्यक्ष (भर्चुअल) उपस्थितिका माध्यमबाट केन्द्रको पुर्नगठन गरिएको हो ।

केन्द्रीय सचिव निशा राना, लुम्बिनी प्रदेश अध्यक्ष अगानी चौधरी, प्रदेश सचिव मन्जु जिएम, प्रदेश कोषाध्यक्ष बबिता राजभण्डारीको भर्चुअल उपस्थितिमा बाँके समितिका कार्यवाहक अध्यक्ष शारदा वाग्लेकाे अध्यक्षतामा १५ सदस्यीय समिति बनाइएको छ ।

पुर्नगठित समितिको उपाध्यक्षमा भक्तबहादुर चौधरी, सचिवमा गंगा न्यौपाने, कोषाध्यक्षमा हेमनारायण चौधरी र सहसचिवमा ममता श्रेष्ठ रहनुभएको छ ।

यस्तै समितिको सदस्यमा दिपक चेम्जोङ, पहाडी चौधरी, सुशीला योगी, हर्क बुढामगर, सावित्री चौधरी, बिस्णु पौडेल रेग्मी, भुमीसरा खत्री, उज्याली श्रेष्ठ, शान्ति खड्का र शम्भु श्रीवास्तव रहनुभएको सचिव न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै बैठकले सल्लाहकारहरु पनि मनोनित गरेको छ । समितिको वरिष्ठ सल्लाहकारमा रुपा राजभण्डारी, सल्लाहकारमा चन्द्र श्रेष्ठ रहनुभएको छ भने आवश्यकता अनुसार सल्लाहकार थपिने सचिव न्यौपानेले बताउनुभयो ।

Previous articleगोहोरोको छाला काटेर टिकटक बनाउने महिला पक्राउ
Next articleमाहुरी होमद्धारा प्रहरी चौकीलाई स्वास्थ्य सामाग्री प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here