
नेपालगञ्ज । माहुरी होमले बाँकेका बिभिन्न कार्यालयलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोरोना कहर अझै पूर्ण रुपमा नियन्त्रणमा आइनसकेको र अझै पनि सावधानी अपनाउनुपर्ने भएकाले बिभिन्न कार्यालयलाई संस्थाले स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
युके एडको आर्थिक सहयोग तथा भि एस ओ को साझेदारीमा महुरी होमले सहज परियोजा अन्तर्गत डुडुवा गाउँपालिकामा रहेका प्रहरी चौकी बेतहनी, इलाका प्रहरी कार्यालय बनकट्टी, इलाका प्रहरी कार्यालय कम्दी, प्रहरी चौकी हिरमिनिाया लगायत कार्यालयलाई सामाग्री प्रदान गरिएको माहुरी होम डुडुवाका सामाजिक परिचालक शिव कुमार जैसवालले जानकारी दिनुभयो ।
हिरमिनियामा डुडुवा गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष मोहनराम मिश्राले उक्त स्वास्थ्य सामाग्री चौकीका प्रमुखलाई हस्तान्तरण गर्नुभएको थियो । संस्थाका कार्यक्रम अधिकृत दिनेश चौधरीको नेतृत्वमा ४ जिल्लामा स्वास्थ्य सामाग्री बितरण गरिएको जनाइएको छ ।






