
नेपालगञ्ज । बाँकेमा जारी निषेधाज्ञा थप एक साता बढाइएको छ । सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक सूचना जारी गर्दै केही फेरबदल गरेर कायम निषेधाज्ञा बढाइएको हो । प्रशासनले असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ ।
प्रशासनको सूचनामा हाललाई सबै प्रकारका सभा, गोष्ठी, प्रदर्शन, भेला र सम्मेलन, शैक्षिक संस्था, सिनेमा हल, पार्टी प्यालेस, पन पार्क, कयासिनो, दोहोरी साँझ, डान्स बास्पा, सेलुन तथा व्यूटी पार्लर, स्विमिंग पुल, जिम खाना, हेल्थ क्लब, खेल मैदान, पुजारीबाट हुने नित्य पुजा बाहेक सबै प्रकारका धार्मिक तथा संस्कृतिक गतिबिधिहरु, लामो दुरीका यात्रु बाहक सार्वजनिक सवारी साधन, औषधी उपचार अत्यावश्यक काम र राजमार्ग प्रयोग बाहेक अनुमति बिना बाँके प्रवेशमा रोक लगाइएको छ ।
त्यस्तै मास्क, भौतिक दुरी लगायतका जनस्वास्थ्यका मापदण्डहरुको अनिवार्य पालना हुने व्यवस्था मिलाई सबै सार्वजनिक निकायबाट हुने सेवा प्रवाह, कृषि कर्य, उद्योग, कलकारखाना, निर्माण कार्य, औषधी लगायत अत्यावश्यक एवं दैनिक उपभोग्य बस्तु तथा सेवा, रेष्टुरेन्टबाट हुने टेक अवे सेवा, रोक लगाइएका बाहेकका पसल व्यवसाय बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म मात्र, जिल्लाभित्र सार्वजनिक सवारी साधन, विवाह ब्रतबन्ध, मृत्यु संस्कार लगायत सामाजिक कार्यमा बढिमा १५ जनासम्म मात्र सहभागि हुन पाउने जस्ता कार्य गर्न पाउने उल्लेख छ ।






