
नेपालगञ्ज । अटोमेटिक पेस्तोलसहित बाँकेमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले अटोमेटिक पेस्तोलसहित नेपालगञ्ज उपमहानगरपालिका वडा नं–२१ का ३१ वर्षीय अजिज अहमद शेषलाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्ति पहिले नेपालगञ्ज वडा नं १२ मा बस्दै आएका थिए । हाल पुरैनामा बसदै आएका शेष राँझा जाँदै गर्दा पक्राउ परेका हुन । बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीका अनुसार शेषलाई बुधबार सांझ साढे चार बजे पक्राउ गरिएको जानकारी दिनुभयो ।
एटलस साईकलमा राँझा जाँदै गर्दा शेषले कम्मरको बायाँ साईडमा पेस्तोल राखेको अवस्थामा पक्राउ परेका हुन । उनीसंग भेटिएका पैस्तोल नेपालमा उपलब्ध नरहेको बाँके प्रहरी प्रमुख अधिकारीले बताउनुभयो । उनीबारे थप अनुसन्धान भइरहेको छ ।





