
नेपालगञ्ज । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बाँकेका पाँच विद्यार्थी संगठनले नेपालगन्जमा विरोध प्रदर्शन गरेका छन् । बीपी चोक र धम्बोझी चोकमा उनीहरुले मूल्यवृद्धि फिर्ता हुनुपर्ने मागसहित बिहीबार प्रदर्शन गरेका हुन् ।
पछिल्लो समय निषेधाज्ञाबीच निगमले धेरैपटक पेट्रोलियम पदार्थको मूल्य बढाउँदै आएको उनीहरूको आरोप छ । निषेधाज्ञाको समयमा जीविकोपार्जन ठप्प रहेको बेला मूल्यवृद्धिले जनताको जनजिवन कष्ठकर बनेको अनेरास्ववियु बाँकेका अध्यक्ष टेकेन्द्र मल्लले बताउनुभयोे ।
लकडाउन भनिएपनि व्यवसाय गर्नेले गरिरहेका छन् र निमुखा वर्गलाई साँझ बिहान एक छाक टार्न गाह्रो भएको छ । “हाम्रो आन्दोलन वर्तमान सरकारको गैरकानूनी कार्य बिरुद्ध हो,” नेपाल बिद्यार्थी संघ बाँकेका सचिव चक्र रावतले भन्नुभयो, “हामी बिद्यार्थी सर्वसाधारणका हितका निम्ति निरन्तर आन्दोलित हुने छौं ।”
असार २२ गते निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको थियो ।









