कोहलपुरमा पन्ध्र सय बढि सर्वसाधारणलाई मास्क बितरण

कोहलपुर । बाँकेको कोहलपुरमा सर्वसाधारणलाई मास्क बितरण गरिएको छ । कोरोनाको जोखिम अझै कायमै रहेका कारण सुरक्षित भएर घर बाहिर निस्कन र मास्कको अनिवार्य प्रयोग गर्न सन्देश प्रवाह गर्दै कोहलपुर चौराहमा बिहीबार बिहान सर्वसाधारणलाई मास्क बितरण गरिएको हो ।

कोहलपुर नगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय कोहलपुरको समन्वय सहकार्य तथा सेफ द चिल्ड्रेनको साझेदारीमा सामाजिक बिकास मञ्च बाँकेद्धारा जोखिम संचार र समुदाय संलग्नता (Risk Communication and Community Engagement Project) परियाेजनामार्फत मास्क बितरण गरिएको छ ।

कार्यक्रममा स्थानीय बाल क्लब, युवा क्लब लगायत स्वयंसेवीहरुको समेत सहभागिता जनाएका थिए । बाटोमा भेटिने रिक्सा चालक, गाडी चालक, साईकल, मोटरसाईकलमा सवार व्यक्तिहरुलाई मास्क बितरण गर्नुका साथै मास्कको सही प्रयोग गर्न पनि सिकाइएको थियो ।

मास्क बितरण अभियानमा ट्राफिक प्रहरी, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रतिनिधि र सामाजिक बिकास मञ्चका प्रतिनिधिहरु सहभागि हुनुभएको थियो । बाँकेका ट्राफिक प्रहरी प्रमुख राजु भण्डारीका अनुसार बिहीबार बिहान एक हजार पाँच सय बढि सर्वसाधारणलाई मास्क बितरण गरिएको छ ।

मञ्चका अध्यक्ष चम्प सिंह थापा मगर, बरिष्ठ सल्लाहकार घनश्याम उपाध्याय, कार्यक्रम संयोजक राम श्रेष्ठ लगायतले मास्क बितरण गर्नुभएको अधिकृत बृजेश ठाकुरले बताउनुभयो । मञ्चले लामो समयदेखि बाँकेमा युवा शशक्तिकरण बुलगारी परियोजना मार्फत युवाहरुलाई उद्यमशीलता सम्बन्धि तालिम दिनुका साथै स्वारोजगार बन्न सहयोग र प्रेरित गर्दै आएको छ ।

Previous articleपाँच बिद्यार्थी संगठनद्धारा नेपालगञ्जमा सिटी जुलुस
Next article३४ बुँदे मागसहित आन्दोलित शिक्षक महासंघद्धारा धर्ना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here