३४ बुँदे मागसहित आन्दोलित शिक्षक महासंघद्धारा धर्ना

नेपालगञ्ज । आफ्ना ३४ बुँदे मागसहित आन्दोलित नेपाल शिक्षक महासंघले निरन्तर दबाबका कार्यक्रम गर्दै आएको छ । लामो समयदेखि विभिन्न चरणमा दबाबमूलक कार्यक्रम गर्दै आएको महासंघको बाँके शाखाले शुक्रबार शिक्षा विकास तथा समन्वय इकाई नेपालगञ्जमा धर्ना दिएको छ ।

विहान १० बजेदेखि दिउँसो १ बजेसम्म ३ घण्टा धर्ना दिइएको नेपाल शिक्षक महासंघ बाँकेका अध्यक्ष पवन यादवले जानकारी दिनुभयो । शिक्षा विकास तथा समन्वय इकाईमा भेला भएर शिक्षकहरुले धर्ना दिएका हुन् ।

देशमा गुणस्तरीय शिक्षाको विकासका लागि शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, संविधानको धारा ३१ को शिक्षा सम्बन्धि हकको व्यवस्था अनुसार आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यामिक तहको शिक्षा निःशुल्क हुने प्रबन्ध व्यवहारमा लागू गर्नुपर्ने, अबिलम्ब संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षकको जिल्लाभित्रको सरुवा र जिल्लान्तर सरुवा दुबैतिरको स्थानीय तह र विद्यालय व्यवस्थापन समितिको सिफारिसमा जिल्लामा रहेको शिक्षाको इकाईले गर्ने प्रबन्ध गर्नुपर्ने, शिक्षक तथा विद्यालय कर्मचारीका लागि कोभिड विरुद्धको खोप अबिलम्ब उपलब्ध गराइनुपर्ने, देशका कतिपय स्थानीय तहबाट पूर्वाग्रही तरिकाबाट गरिएको शिक्षक–कर्मचारीको सरुवा तथा पदस्थापन बदर गर्नुपर्ने, राहत, साविक उच्च मावि र बालकक्षाका शिक्षक कोटालाई स्विकृत दरबन्दीमा परिणत गरी महासंघसंग भएको सम्झौता बमोजिम शिक्षक सेवा आयोग मार्फत् उमेरको हद नलाग्ने गरी आन्तरिकरखुला प्रतियोगिताद्वारा स्थायी गरिनुपर्ने लगायतका माग नेपाल शिक्षक महासंघले राखेको छ ।

Previous articleकोहलपुरमा पन्ध्र सय बढि सर्वसाधारणलाई मास्क बितरण
Next articleआइ.एन.एफ.बाँकेद्धारा आइसोलेसन सेन्टरलाई आवश्यक सामाग्री सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here