
नेपालगञ्ज । साईनिङ्ग अस्पताल आइ.एन.एफ.बाँकेले नेपालगञ्ज आइसोलेसन सेन्टरका लागि स्वास्थ्य लगायतका आवश्यक सामाग्री सहयोग गरेको छ ।
आइ.एन.एफ बाँकले शुक्रबार नेपालगञ्ज आइसोलेशनका लागि नेपालगंज उपमहानगरपालिका, संरक्षण विषयगत समन्वय समितिलाई सामाग्री हस्तान्तरण गरेको हो । अस्पतालका प्रबन्धक श्याम बि.क.ले संरक्षण विषयगत समन्वय समिति संयोजक एवं नेपालगञ्जकी उपप्रमुख उमा थापा मगरलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
आइ.एन.एफले सहयोग गरेको सामाग्रीहरुमा ४८ थान तन्ना, ४८ थान तकिया रेगजिन कभर, ४८ थान तकिया कभर, २८ थान झुल, २८ थान कम्बल चाइनिज र २६ थान टे«किङ मेटे«स रहेको संरक्षण विषयगत समन्वय समितिकी सदस्य सचिव एव महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शोभा शाहले जानकारी दिनुभयो ।
यस्तै संरक्षण विषयगत समन्वय समितिले नेपालगञ्ज नगरभित्र समस्यामा परेका महिला, बालबालिका, जेष्ठ नागरिक एवं अपाङ्गता भएकाहरुलाई पहिचान गर्दै संघ संस्थासंग समन्वय सहकार्य गर्दै राहत बितरण गरेको छ ।





