
नेपालगञ्ज । नेपालगन्ज भन्सार कार्यालयले आर्थिक बर्ष २०७७/७८ मा लक्ष्य भन्दा बढि राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक बर्षको चैत मसन्तसम्ममा १५ अर्बको लक्ष्य र सोही समयमा त्यसलाई बढाएर थप ३ अर्ब गरी १८ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
यो आर्थिक वर्षको असार २४ गतेसम्म लक्ष्यको १६ प्रतिशत बढी राजस्व संकलन गरिसकेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जय बहादुर भण्डारीले बताउनुभयो । भन्सार कार्यालयले हाल २० अर्ब ७७ करोड राजस्व संकलन गरिसकेको छ । जुन १०१ प्रतिशत राजस्व हो ।
आर्थिक बर्ष पुरा हुन केही दिन बाँकी रहेकाले राजस्व अभैm थप हुने भन्सार कार्यालयले जनाएको छ । निषेधज्ञा खुकुलो भएसंगै भन्सार कार्यालयमा राजस्व बृद्धि हुँदै गएको छ । औषतमा दैनिक ५ करोड राजस्व भन्सार कार्यालयमा दाखिला हुने गर्दछ । सामान बढि आयत हुँदा १० करोडसम्म दैनिक राजस्व संकलन भइरहेको छ ।
कोरोना संक्रमणका कारण राजस्व संकलनमा अंशिक रुपमा प्रभाव छ । लकडाउन भएको बैशाख र जेष्ठ महिनामा नेपालगन्ज कार्यालयले ९५ प्रतिशतसम्म राजस्व संकलन गरेको छ । खाद्यन्न, कच्चा पदार्थ, पेट्रोलियम पदार्थ लगायत्का समानहरु नेपालगञ्ज भन्सार कार्यालयबाट बढि आयात हुने गर्दछ । जसबाट बढी राजस्व संकलन हुने गरेको छ । ६५ किलोमिटर खुला सिमाना भएकाले बाँकेमा राजस्व चुहावट् उत्तिकै छ ।
जसलाई रोकथाम गर्नका लागि नेपालगन्ज भन्सार कार्यालय, शसस्त्र प्रहरी, जिल्ला प्रशासन लगायत्का सरोकारवाला निकायले संयुक्तरुपमा नियान्त्रणका लागि प्रयास गर्दै आएका छन् । देशभरीमा बढी राजस्व संकलन गर्ने भन्सार कार्यालयमध्ये नेपालगन्ज भन्सार पनि एक हो । यो भन्सार कार्यालयमा चोरी निकासीका बिरुद्धमा बढि मुद्धा पर्ने भन्सार कार्यालय पनि नेपालगन्ज नै रहेको छ । नेपालगन्ज भन्सार कार्यालयमा चिनी, लट्टाकपडा, खद्यान्न, पशुपंक्षी तरकारी लगायत्का समानहरु चोरी निकासीबाट बढी पक्राउ पर्ने गरेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।





