
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं–१८ भुजईगाउँ स्थित श्री पाटेश्वरी आधारभूत बिद्यालयमा छात्रबृति र सेनेटरी प्याड बितरण गरिएको छ ।
बिद्यालय व्यवस्थापन समितिका सल्लाहकार तथा साहू समाज समितिका अध्यक्ष हंशराम साहूको प्रमुख आतिथ्यता तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवराम वर्माको अध्यक्षतामा शनिबार छात्रबृति बितरण कार्यक्रम गरिएको हो । सोही अवसरमा बिद्यालयकी शिक्षक माला केसीको बिदाई गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि, शिक्षक, अभिभावकले शिक्षक केसीलाई माला, अबिर तथा दोसल्ला ओढाएर बिदाई गर्नुभएको छ ।
बि.सं.२०५२ सालमा स्थापित बिद्यालयमा ८–९ वर्षदेखि शिक्षक माला केसीले अध्यापन गराउँदै आउनुभएको थियो । बि.सं.२०४०/०१/२३ गतेदेखि शिक्षण पेशामा क्रियाशील भएर बिभिन्न बिद्यालयमा अध्यायन गराउँदै आउनु भएको र उहाँले पढाएका बिद्यार्थीहरुले ठूला–ठूला ओहदामा पनि पुगेको बताउनुभयो । उहाँ गत बैशाख महिनामैं सेवा निबृत हुनु भएको छ ।
“सबै अभिभावकले आ–आफ्नो बालबालिकालाई शिक्षा दिनुहोस,” प्रमुख अतिथि साहूले भन्नुभयो, “शिक्षाले नै उज्वल भविष्य बनाउँछ ।”
“आ–आफ्ना बालबालिकाहरुलाई बिद्यालय आवश्य पठाउनुहोस्” बिद्यालय व्यस्थापन समितिकी सदस्य सायरा अन्सारीले भन्नुभयो, “जब बालबालिका पढे लेखेर शिक्षित हुन्छन् अनि मात्र घर र समाजको विकास हुन्छ ।” उहाँले बिद्यालयबाट प्राप्त छात्रबृति रकमबाछ बालबालिकाको पढाईमा आवश्यक कपि, कलम, पोशाक नै खरिद गर्न अनुरोध गर्नृुभयो ।
बिद्यालयकी प्रधानाध्यापक भृकुटी तारा शाहीका अनुसार १ देखि ७ कक्षासम्मका दलित छात्र र सम्पूर्ण छात्रा गरी १ सय ६२ जनालाई चार सय रुपैयाका दरले प्रमुख अतिथि साहू र गोकुल चमारले बितरण गर्नुभएको थियो । सोही कार्यक्रममा सेनेटरी प्याड पनि बितरण गरिएको थियो ।
समितिका सदस्यहरुमा राम नरेश नाउँ, बिनोद कुमार नाउँ, ममता शर्मा, सल्लाकारहरुमा रण प्रसाद राना, बलराम वर्मा, गोकुल चमार, शिक्षक ओम प्रकाश त्रिपाठी, करुणा सिंह, सीता उप्रेती, सुन कुमारी थापा, रुपा बिष्ट, सुष्मा केसी, नोकी क्षेत्री लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई बिद्यालयका शिक्षक ओम प्रकाश त्रिपाठीले सञ्चालन गर्नुभएको थियो ।






