एकता युवा क्लब पुरैनीद्धारा रक्तदान

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं–२२ स्थित एकता युवा क्लब पुरैनीले रक्तदान कार्यक्रम गरेको छ । क्लबले शनिबार नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्र भेरी अस्पताल परिसरमा रक्तदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा ४१ जना युवाहरुले रक्तदान गरेका छन् । जिल्ला समन्वय समिति बाँकेका सदस्य चेत बहादुर घर्ति, समाजसेबी सुनिल केसी, नेपाल मानव धर्म समितिका बिशेषराज उप्रेती, तिलकराम साहु, शक्ति गुप्ता, बिरेन्द्र गहतराज, रितेश बिष्ट लगायतको सहयोगमा रक्तदान कार्यक्रम गरिएको थियो ।

पछिल्लो समय बाँकेमा रगत अभाव देखिएको छ । रगत अभावका कारण बिरामीलाई रगत पु¥याउन मुस्किल भएको रक्तसंचार सेवा केन्द्रले जनाएको छ । रगत अभावमा बिरामीका आफन्त भौतारिनु परेको छ ।

रगत अभाव भएपछि सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको अनुरोधमा रगत समस्या सामाधान गर्न शनिबार आफ्नो क्लबले रक्तदान कार्यक्रम गरेको क्लबका अध्यक्ष राजेश कुमार यादवले जानकारी दिनुभयो । क्लबले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।

Previous articleबाँकेमा रगत अभाव, दैनिक अनुरोध गर्दै सेवा केन्द्र
Next articleनेपालगञ्ज किराना तथा खाद्य व्यसायी संघको टेलिफोन डाइरेक्ट्री सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here