
नेपालगञ्ज । नेपालगञ्ज किराना तथा खाद्य व्यसायी संघले टेलिफोन डाइरेक्ट्री सार्वजनिक गरेको छ । संघले शनिबार नेपालगञ्ज उद्योग बाणिज्य संघको सभाहलमा टेलिफोन डाइरेक्ट्रीको बिमोचन गर्दे सार्वजनिक गरेको हो ।
संघका संस्थापक एवं बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल शाहु, किराना संघका अध्यक्ष पणाधर भण्डारी, वाणिज्य संघका महासचिव चिरन्जिवी ओली, प्रवक्ता टंक सिंह धामी, सम्बद्ध सदस्य भीमलाल कडेल, सलाउद्दिन सजगढ लगायतले सामूहिक रुपमा डाइरेक्ट्रीको बिमोचन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले कोरोनाका कारण निरन्तरको लकडाउनका समयमा संघले खेलेको भूमिका सराहनिय रहेको उल्लेख गरे । बिक्रेताका हिसाबले बाँकेका जनतालाई लकडाउनका बेला पनि कुनै प्रकारको खाद्यन्नको अभाव सूजना हुन नदिनु नै अहिलेको मुख्य काम चुनौतीका रुपमा देखिएका उल्लेख गरेका थिए ।
कार्यक्रममा वाणिज्य संघका अन्य सदस्य लगायत नेपालगञ्जका किराना तथा खाद्य व्यवसायी संघमा आवद्ध सदस्यहरुको उपस्थिति रहेको संघका बरिष्ठ उपाध्यक्ष श्याम सुन्दर अधिकारीले जानकारी दिनुभयो । डाइरेक्ट्रीले व्यवसायीलाई सहज रुपमा जोडने आशा गरिएको छ । त्यस्तै डाइरेक्ट्रीले आम उपभोक्तालाई आवश्यकता अनुसारको सेवा प्रदान गर्न छिटो र सहज बनाउनेछ ।





