रेडपाण्डाको छाला र भालुको पित्तसहित ३ जना पक्राउ

नेपालगन्ज । रेडपाण्डाको छाला र भालुको पित्त सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतवार नेपालगंज उपमहानगरपालिका वडा नं। १ पुष्पलाल चोक स्थित रहेको राप्ती गेष्ट हाउसबाट रेडपाण्डाको छाला र भालुको पित्त सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

संरक्षित वन्यजन्तुका अंगको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिवार राती साढे ८ बजे राप्ती गेष्ट हाउसमा चेकजाँच गर्दा सो होटलको कोठा नं।१० मा रहेका जिल्ला दाङ घोराही उप–महानगरपालिका वडा नं।४ वस्ने ४९ बर्षिय भक्त बहादुर पुन, सोही ठाउँका ४१ बर्षिय केशव पुन र शान्तीनगर गाउँपालिका वडा १ वस्ने २९ बर्षिय रोबिन बुढा बसेको खाट माथी रहेको कालो झोलामा सेतो कपडाले बेरेर राखेको संरक्षित रेडपाण्डा ९हाब्रे० को छाला १ थान, सोही खाटको सिरानी मुनी प्लाष्टिक भित्र रहेको चार ९४० वटा भालुको पित्त जस्तो देखिने वस्तु फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले पत्रकार सम्मेलन गरि जानकारी गराउनुभयो ।

उनिहरुलाई वन ऐन २०७६ को दफा ४९ को ९त० को कसुरमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ ९१० बमोजिमको ५ लाख देखी १० लाख सम्म जरिवाना र ५ वर्ष देखी १५ वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी गराउनुभयो ।

पक्राउ परेकालाई थप अनुसन्धान भैरहेको पत्रकार सम्मेलनमा जानकारी गराउदै एसपी अधिकारीले भन्नुभयो पक्राउ परेका तिनै जनालाई जिल्ला बन कार्यालयमा बुझाएको बताउनुभयो ।

Previous articleनेपालगञ्ज किराना तथा खाद्य व्यसायी संघको टेलिफोन डाइरेक्ट्री सार्वजनिक
Next articleबाढीपिडितलाई कर्मचारी संगठनद्धारा दश लाख राहत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here