
अहिले धेरै नै सोसल मिडियामा फेमस भएको मन्दिर हो सन्तानेश्वर महादेव । हुन त कतिपय मानुभावहरुलाई थाहा नहोला पनि ? थाहा नपाउनु भएका मानुभावहरुलाई केही जानकारी यस्तो छ ।
सन्तानेश्वर महादेव मन्दिर नेपालगञ्जदेखि लगभग ३५ कि.मी टाढा नरैनापुर गाउँपालिकाको कोहला गाउँ नजिकैको जंगलको माथि पहाडको चुचुरोमा रहेको एक शिव मन्दिर हो ।
यहाँ सन्तान नहुनेले सच्चा मनले व्रत बसेर पुजा पाठ गरे सन्तान प्राप्ति हुने भनिन्छ र आस्था रहेको छ । यहाँ ड्रोन क्यामेरा उडाएर हेर्दा पहाड नै पहाडले बनिएको ॐ र त्रिशुल पनि देखियो ।
यहाँ ३ वटा पहाडको चुचुरोको मुनिबाट ३ वटा मुल फुटेका छन् । यो मन्दिर धेरै पुरानो हो । पहिले पहिले यहा ढुङ्गाका मुर्तिहरु र एउटा लामो झन्डा गाडिएको थियो ।
हुन पनि मेरो बाल्यकाल यहि मन्दिरको वरिपरि खेलेर वित्यो । त्यतिबेला मन्दिर त्यति चर्चामा थिएन । विगत केही महिनादेखि मन्दिर दर्शन गर्नेहरुको धेरै भिडभाड रहेको छ । यो देख्दा आज धेरै खुसि भएको छु ।
आजभोलि लामो समयदेखि मानिस हरुको आवत जावत बढेको छ । त्यही भएर आज हाम्रो ग्रुपका केही साथीहरु विग्रेका बाटोहरु मर्मत गर्न गएका थियौ ।
दर्शन गर्न जाने मानिसहरुलाई हिड्न गाह्रो होला भनेर हामीले मन्दिरको नजिकसम्म जाने गरि बाटो खनेर बनाएका छौ । तपाईंहरु जो कोही पनि गाडी लिएर माथि मन्दिरसम्म जान सक्नु हुनेछ ।
र त्यहि सबै गाडीहरु एक ठाउँमा अट्ने गरि हामीले एउटा पार्किङ्ग स्थल पनि वनाएका छौं । त्यहा तपाईंहरुको गाडी सेभ पनि रहनेछ । एक दुई दिनमा हामीले त्यहाँ मन्दिरको सामान देखि पानीका साथै खानेकुराको व्यवस्था पनि गर्न लागेको जानकारी गराउन चाहन्छु ।
आउनुस् तपाईहरु पनि एक पटक सन्तानेश्वर महादेव मन्दिरको दर्शन गरेर जानुस् । एकदमै रमणीय ठाउँ रहेको छ । यहाँका हरियाली वन जंगल खोला, नाला, झरना अनि बाँके जिल्लाको ठुलो पहाड पनि हेरेर जानुस् । हामी तपाईंको सेवामा सदैव तत्पर छौ ।
#लेखक
#निशान्त खत्री
#साभार- नेपालगञ्ज ग्यालरी






