नेपाल युवा परिषद र स्टुडेन्ट कोलिशन फर नेपालद्धारा एन्टीजिन किट हस्तान्तरण

बर्दिया । बर्दिया जिल्लामा कोरोना संक्रमणको संभावित तेस्रो लहरको तयारीको लागि नेपाल युवा परिषद र स्टुमेन्ट कोलिशन फर नेपालले बढैयाताल गाउँपालिकाको वडा नं.२ मा रहेको जमुनी स्वास्थ्य चौकीलाई २०० एन्टीजिन किट उपलब्ध गराएको छ ।

नेपाल युवा परिषद लुम्बिनी परिषदका प्रदेश संयोजक सोम गुरुङ्गले करिब १ लाख बढीको एन्टीजिन किट बढैयाताल गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष काजिमान सुनार र जमुनी स्वास्थ्य चौकीका ईन्चार्ज चेत नारायण काफलेलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको छ ।

सो अवसरमा बढैयाताल गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष सुनारले सबै संस्थाको सहयोगले मात्र विपदको सामना गर्न सकिने भएकोले सहयोग निरन्तरता संगै सहकार्य जारी राख्न आग्रह गर्नुभयो । उहाँले संभावित तेस्रो लहरको तयारी आफनो वडाले सुरु गरिसकेको बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा जमुनी स्वास्थ्य चौकीका ईन्चार्ज काफले र पत्रकार कमल खत्रीको उपस्थिति रहेको थियो । त्यसै गरि नेपाल युवा परिषद र स्टुडेन्ट कोलिशन फर नेपालले सहकार्यमा नेपालको विभिन्न स्थानीय तहहरुको स्वास्थ्य क्षेत्रममा स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ ।

Previous articleचर्चामा रहेको सन्तानेश्वर महादेवको मन्दिर !
Next articleनेपालगञ्जमा आदिकवि भानुभक्तको २०८ औं जन्मजयन्ती मनाइयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here