नेपालगञ्जमा आदिकवि भानुभक्तको २०८ औं जन्मजयन्ती मनाइयो

नेपालगञ्ज । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती आज नेपालगन्जमा पनि मनाइएको छ । भेरी साहित्य समाज बाँके र भानु चोक संरक्षण तथा व्यवस्थापन समितिको संयुक्त आयोजनामा न्यूरोड स्थित भानुचोकमा अन्तरक्रिया तथा रचना वाचन कार्यक्रमको आयोजना गरी जन्म जयन्ती मनाइएको हो ।

भानु चोक संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा भानुभक्तको जिवनी, कृति र नेपाली साहित्यमा उहाँले दिएको योगदानबारे चर्चा गरिएको भेरी साहित्य समाजका अध्यक्ष हरि तिमिल्सेनाले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले भानु चोकमा भानुभक्तको शालिक निर्माणका लागि पहल गर्न स्थानीय सरकारसँग आग्रह गर्नुभयो । त्यसक्रममा मेयर धवलशम्शेर राणाले शालिक निर्माणका लागि आफ्नो सक्दो सहयोग हुने आश्वसन दिनुभयो । लायन्स क्लव सिर्नजीले शालिक निर्माणको घोषणा गरेको थियो ।

कार्यक्रममा विभिन्न साहित्यकारहरुले रचना वाचन गरेका थिए । सरल नेपाली भाषामा लेखिएको ‘रामायण’ का कारण भानुभक्तको नेपाली साहित्यमा योगदान छ । अहिले पनि घर–घरमा रामायण पढ्ने गरिन्छ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मनु भएका भानुभक्तलाई घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनीअर्ति उपदेश दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको मानिन्छ ।

Previous articleनेपाल युवा परिषद र स्टुडेन्ट कोलिशन फर नेपालद्धारा एन्टीजिन किट हस्तान्तरण
Next articleजमुनाहमा ब्राउनसुगर सहित एक जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here