भेरी अस्पताल आन्तरिक चेस प्रतियोगितामा रोकाय र थापा च्याम्पियन

नेपालगञ्ज । भेरी अस्पताल आन्तरिक चेस प्रतियोगिता अन्तर्गत खुल्लामा कर्ण बहादुर रोकाय प्रथम हुनुभएको छ । यस्तै महिलातर्फ संगिता थापा च्याम्पियन बन्नुभएको छ ।

अस्पतालको १३१ औं स्थापना दिवसको अवसरमा असार २६ देखि ३० गतेसम्म ७ राउण्डमा संचालित प्रतियोगिताको फाईनलमा पुरुषतर्फ ल्याब टेक्निसियन रोकाय र महिलातर्फ नर्स थापा च्याम्पियन बन्नुभएको हो ।

प्रतियोगितामा पुरुषतर्फ ६ अंकका साथ रोकाय च्याम्पियन बन्नुभएको छ भने ६ अंकका साथ डाक्टरद्धय पुष्कर न्यौपाने दोस्रो तथा अनिल महर्जन तृतीय हुन सफल हुनुभएको छ ।

५ अंक जोड्दै धनराम वली चौथौ, फार्मेसीका बादलबाबु शर्मा पाँचौ, हेल्थ असिस्टेन्ट सन्जु लोहनी छैठौं र ल्याब टेक्निसियन प्रसिद्ध ढकालले सातौ स्थान प्राप्त गर्न सफल हुनुभएको छ ।

यस्तै महिलातर्फ समान ४ अंक साथ नर्स थापा च्याम्पियन बन्नुभएको छ, भने रिता अधिकारी सेकेण्ड र सुनिता सहकारी थर्ड हुनुभएको छ । प्रतियोगितामा ४२ जना खेलाडी सहभागि भएको चिफ आरविटर (एनए) पशुपति नाथ योगीले जानकारी दिनुभयो ।

Previous articleएक वर्षमा पाँच जनामा डेंगु
Next articleप्रतिनिधिसभा सदस्य निर्वाचन २०७८ को कार्यक्रम रद्द

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here