
नेपालगञ्ज । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०७८ को निर्वाचन कार्यतालिका रद्द गरेको छ । बुधबार एक सूचना जारी गर्दै २०७८ को निर्वाचन कार्यतालिका रद्द गरिएको जनाएको छ ।
निर्वाचन आयोगले सर्वोच्च अदालतबाट २०७८ असार २८ गते भएको आदेश अनुसार २०७८ को कार्तिक २६ गते पहिलो चरणको निर्वाचन र मिति २०७८ मंसिर ३ गते दोस्रो चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने तय भएको थियो ।
आयोगले मिति २०७८ असार २१ गते स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय गरेको अयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठद्धारा जारी सूचनामा जनाइएको हो । 





