चार भाषामा रहेको ‘सुनो सजनी मोर’ को म्युजिक भिडियो आउँदै

नेपालगन्ज । चर्चित मोडल तथा डान्सर सन्दिप बिसी र चर्चित मोडेल समु चौधरीको “सुनो सजनी मोर हुइगिल लक तुहिनसे प्यार” भन्ने बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ ।

गायक कुमार प्रितम र गायीका सुमन गुप्ताको स्वरमा रहेको “सुनो सजनी मोर हुइगिल लक तुहिनसे प्यार” भन्ने बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको हो ।

४ भाषामा रहेको सो म्युजिक भिडियो गितमा हिन्दी, भोजपुरी, थारु र राना थारु भाषामा रहेको छ । गितमा डाक्टर सुनिल सागरले कोरियोग्राफरमा साथ दिनुभएको छ, भने दिलु राना मगरको सङ्गीतमा रहेको छ ।

शब्द सङ्गीत सुनिल सागरको रहेको छ भने कर्णाली डिजिटल स्टुडियो अतरिया कैलालीमा गित रेकडिङग भएको हो । “सुनो सजनी मोर हुइगिल लक तुहिनसे प्यार” भन्ने गितको म्युजिक भिडियोको छायाङकन कैलालीको रमणिय स्थलमा भएको कलाकार सुटिङ युनिटले जनाएको छ । केही दिनमा भिडियो सार्वजनिक गरिने सुटिङ युनिटको दाबी छ ।

Previous articleबालमैत्री अभियानमा कोसेढुङ्गा : बाल मैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका-२०७८ जारी
Next articleस्वदेश फर्किएका १५ सय नेपालीलाई स्वास्थ्य किट बितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here